उपनिर्वाचन : बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

काठमाडाैं | चैत २०, २०७९

उपनिर्वाचन : बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी दर्ता

कलैया  : आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन्।  

 

बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा अध्यक्ष यादवले मनोनयन दर्ता गराएका हुन् ।

 

बारा २ मा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।

 

यो क्षेत्रमा नेकपा एमालेबाट पुरूषोतम पौडेल,जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा,रास्वपाबाट रमेश खरेलले उम्‍मेदवारी दिने तयारीमा छन्।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्